चन्द्रवतीको नयाँ कृति ‘कहरको त्यो समय’ लोकार्पण
पाेखरा | पुस ६, २०८२
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।
गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्त रुपमा पोखरा ११ स्थित गीतामन्दिरमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् बरिष्ठ साहित्यकार माधब बियोगी, कार्यक्रमका सभापति एवम् गिताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितीज’ प्रा.डा.कुसुुमाकर न्यौपाने लगायतले कृतिको लोकार्पण गर्नुुभएको हो ।
कृतिबारे परिचर्चा गर्दै प्रा. डा. कुसुमकर न्यौपानेले ‘कोभिड १९’ कोरोना कहरको विषयवस्तु समेटेर रचिएको कविता संग्रह ‘कहरको त्यो समय’का विविध पक्षबारे चर्चा गर्नुुभएको थियो ।
नारी बाङ्मय प्रतिष्ठान पोखराका सचिव लक्ष्मी थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत गिताञ्जली साहित्य परिवार पोखरा पूर्व अध्यक्ष शिवप्रसाद गौतमले गर्नुुभएको थियो भने स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीनाले गनर्नुभएको थियो ।
कार्यक्रममा अग्रज साहित्यकार छबिलाल आचार्य, शिव त्रिपाठी, नरेन्द्र रानाभाट, ढुण्ड़ीराज ज्ञवाली लगायतका साहित्यकारहरूले रचना वाचन गर्नुुका साथै वसन्त चालिसे, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुुभएको थियो ।
दर्जनौ कृतिहरूबजारमा ल्याइसक्नुुभएकी वाग्ले विभिन्न साहित्यिक र सामाजिक संघ–संस्थाबाट सम्मानित बनिसक्ननुुभएको छ । समाजका विविधता र वास्तविकता उहाँका कृतिमा जीवन्त चित्रण गरिएको पाइन्छ ।
प्रत्येक महिनाको पहिलो शनिबार गिताञ्जली साहित्य परिवार पोखराले आयोजना गर्ने साधना प्रभात कार्यक्रमको अवसरमा आयोजित यस कार्यक्रममा पोखराका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

